
एमाले नेता भीम रावल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक चलिरहेको बेला पेरिसडाँडा पुगे। रावल पेरिसडाँडास्थित माओवादी कार्यालयमा बिहान ९ः३० बजे पुगेका हुन । माओवादी केन्द्रको स्थायी समिति बैठक ९ बजेबाट सुरु भएको थियो । ९ः३० बजे रावल माओवादी केन्द्रको बैठकमा सामेल भएका थिए ।माओवादी केन्द्रको बैठकमा रावलले के संवाद गरे भन्ने विषय बाहिर आएको छैन । रावल १० बजे पेरिसडाँडा बाट बाहिरिएका थिए ।