नुवाकोटमा चार किशोर द्वारा १३ बर्षीय बालिकालाई बलत्कार।।

चैत्र १, नुवाकोट । नुवाकोटको साविक गेर्खु गाविस तथा अहिलेको विदुर नगरपालिका वडा नम्बर १० को महविरमा १३ वर्षिय बालिका बलात्कृत भएकी छिन् ।
बलात्कृत हुनेमा महविरको १३ वर्षकी माईली तामाङ (नाम परिर्वतन) रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनलाई गाउँकै ४ जना किशोरहरुले बलात्कार गरेको स्थानियले बताएका छन् । पक्राउ पर्नेमा चारै जना १३ देखि १५ वर्षसम्मका तामाङ समुदायका युवाहरु रहेका छन् ।
शनिवार राती १२ बजे माईलीकै घरमा पुगेर युवाहरुले बलात्कार गरेको स्थानियले बताएका छन् । उनलाई क्षतिविक्षत अवस्थामा भेटिएको विदुर नगरपालिकाका वडा सदस्य विष्णु प्याकुरेलले विदुर खबरलाई जानकारी दिए ।