अब तपाईंको घर नम्बर गुगलले ट्रयाकिङ गर्न सकिने।

आगामी जनगणनामा प्रत्येक घरधुरीको ठेगानाका लागि गुगल प्लस कोडसमेत संकलन गर्न गोश्वारा हुलाक कार्यालयले राष्ट्रिय योजना आयोगलाई प्रस्ताव गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत महिना हुलाक वस्तु वितरणका लागि गुगल प्लस कोड प्रयोगसम्बन्धी कार्य सञ्चालन प्रक्रिया पारित गर्दै यसलाई आधिकारिक ठेगानाको मान्यता दिएको थियो । कार्यविधिअनुसार हुलाकले कोडको आधारमा चिठी–पत्र तथा सामान डेलिभरी गर्न सुरु गरिसकेको छ ।

 

राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारीले गुगल प्लस कोड संकलनका लागि गोश्वाराबाट मौखिक आग्रह गरिएको र यसबारे छलफल जारी रहेको बताए । ‘जनगणनाको लागि आवश्यक पर्ने फारामहरू प्रिन्ट भइसकेको छ,’ उनले भने, ‘गणकहरू समेत तालिम सकेर आआफ्नो जिल्लामा गइसक्नुभएको अवस्थामा यो सम्भव छ कि छैन भनेर छलफल गरिरहेका छौं ।’ आयोग अन्तर्गतको केन्द्रीय तथ्यांक विभागले आगामी जेठ २५ देखि असार ८ गतेसम्म बाह्रौं जनगणना आयोजना गर्दै छ ।

संरचनाको प्रवेशद्वारलाई आधार मानेर गर्नुपर्ने व्यवस्था छ । एकै घरमा धेरैजना भाडामा बस्ने भएमा घरको प्रवेशद्वारलाई आफ्नो ठेगानाको आधार बनाउन सकिने कार्यविधिमा उल्लेख छ । ‘उक्त घरमा पुगिसकेपछि हुलाक वस्तु बाहकले नाम सोधेर वस्तु सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गर्न सक्नेछ,’ कार्यविधिमा भनिएको छ । यो सेवामा आबद्ध हुने सबै सार्वजनिक कार्यालयहरूले आफ्नो प्लस कोड जेनेरेट गरी कार्यालयको नाम अंकित बोर्डमा स्पष्ट बुझिने गरी लेख्नुपर्ने व्यवस्था कार्यविधिमा छ । ‘निजी संस्थाहरूको हकमा आफ्नो ठेगानाअन्तर्गत प्लस कोड अंकित बोर्ड सर्वसाधारण तथा सेवाग्राहीले देख्ने गरी राक्न सक्नेछन्,’ कार्यविधिमा भनिएको छ, ‘व्यक्तिले टोल सुधार समिति वा स्थानीय निकायको सहजीकरणमा आफ्नो घर वा संरचना बाहिर प्लेट टाँस्न सकिने छ ।

कोड राखिने प्लेटलाई सबैतिर एकरूपता कायम गर्न निलो रङमा सेतो अक्षरले केही टाढाबाट पनि सहजै पढ्न सकिने गरी लेखेर राख्न सकिने व्यवस्था कार्यविधिमा छ । हुलाक वस्तुमा प्रेषकले अंकित गरेको प्लस कोड सम्बन्धित कर्मचारीले गुगल म्याप वा जीपीएस ट्र््याक गर्ने डिभाइसमार्फत स्थान पहिचान गरी घरठेगानामा वितरण गर्नुपर्ने कार्यविधिमा भनिएको छ । कार्यविधि पारित भएसँगै प्लस कोडबारे जानकारी दिन हुलाकले प्रचार सामग्री तयार गरिरहेको उपाध्यायले बताए । उनका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुरुवाती चरणमा काठमाडौं उपत्यकामा परीक्षणका रूपमा सेवा सुरु गर्न हुलाकलाई निर्देशन दिएको छ ।

प्लस कोड अमेरिकी कम्पनी गुगलले सञ्चालनमा ल्याएको जीपीएस प्रणालीको लोकेसन कोड हो । सडक वा कुनै क्षेत्रको नामको आधारमा तय गरिने परम्परागत ठेगानाको तुलनामा प्लस कोड बढी प्रभावकारी मान्ने गरिन्छ । अक्षांश र देशान्तरमा आधारित यो कोड अक्षर र अंक मिलेर बनेको हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button