नुवाकोटमा युवाहरू बीच सामान्य भनाभनले विकरालरुप लियो ।

नवाकाेट, विदुर नगरपालिका -८ किउरेनी को विनोद विश्वकर्मालाई विदुर नगरपालिका ९ पलासटार मा कुटपिट गरि घाईते बनाएकाे छ।
गाेमा खाजा घर नजिकै सांझ सामान्य भनाभनमै हातपात भई घटनाले ठूलो रुप लिएको थियोे।
घाइतेहरुलाई स्थानीयबासी र प्रहरीले उद्धार गरि त्रिशुली अस्पतालमा सामान्य उपचारपछि घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
घटना के कारणले घटेको हो सो कारण भने अनुसन्धान भइरहेको र घटनामा संलग्नहरु फरार भएकोले खोजि कार्य भइरहेको विदुर ईलाका प्रहरी कार्यालय जनाएको छ।