“काेरना जोखिम बढ्यो सभा-सेमिनार नगर्नु” स्वास्थ्य मन्त्रालय।

काठमाडौं । धेरै देशमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर आइरहेका बेला नेपालमा पनि सरकारले सावधानी अपनाउन आग्रह गरेको छ।
पछिल्लो समय छिमेकी मुलुक भारत लगायतका देशमा कोरोनाका घटना बढेपछि विभिन्न ठाँउमा लकडाउन गर्न थालिएको छ। जोखिम बढ्ने भन्दै सरकारले सर्तक रहन आग्रह गरेको हो।
आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सभा, -र्याली, सेमिनार नगर्न आग्रह गरेका छन्। साथै यघि भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेका मापदण्ड पनि अपनाउन मन्त्रालयले आग्रह गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button