प्रहरीनै एक युवतीलाई बलत्कार गरि जिउँदै खाल्डोमा पुर्दै गर्दा पक्राउ।

बुटवल । एक किशोरीलाई निर्मम बलात्कार गरी हत्या प्रयास गरेको आरोपमा प्रहरी जवान नियन्त्रणमा परेका छन् । रुपन्देहीको तिलोत्तमा वडा नम्बर ११ की १९ वर्षीया युवतीलाई बलात्कारपछि हत्या प्रयास गरेको आरोपमा नवलपरासीको जर्घास्थित युक्ति तालिम केन्द्रका जवान पक्राउ परेका हुन् ।

२२ वर्षीय ती प्रहरी जवानबिरुद्ध महिलाले किटानी जाहेरी दिएपछि पक्राउ परेका थिए । जाहेरीपछि प्रहरी जवानमाथि मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले बताए ।

डिएसपी राठौरका अनुसार शनिबार बिहान करिब ५ बजे प्रहरी जवानले युवतीलाई बलात्कार गरी युवतीको घाँटीमा बेल्टले कसेर तान्दै नजिकैको जंगलमा फ्यालेका थिए । बयानको क्रममा युवतीको मृत्यु भएको ठानेर प्रहरी जवान खाल्डो खनेर पुर्नका लागि कोदालो लिन गएको बेला युवती होसमा आएर घटनास्थलबाट पर निस्किएपछि गाउँलेले उद्धार गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button