सार्वजनिक स्थलमा स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्न निर्देशन।

कोरोना महामारी उच्च रहेका बेला विद्यालय, अन्य शैक्षिक संस्था, सरकारी भवनलगायतलाई क्वारेन्टाइन र आइसोलेसन बनाइएको थियो । गृहले तयारी हालतमा राख्न सकिने क्वारेन्टाइन र आइसोलेसनको विवरण पनि पठाउन जिल्ला प्रशासनलाई निर्देशन गरेको छ । होलीमा बढी भीडभाड नगर्न भनिएको छ ।

मास्क र सेनिटाइजर अनिवार्य रूपमा प्रयोग गराउन पनि गृहले प्रशासन र सुरक्षा निकायलाई निर्देश गरेको छ । सरकारको निर्देशन अटेर गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को जनस्वास्थ्यसम्बन्धी व्यवस्थाअनुसार कारबाही गर्ने भनिएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले महामारीलको जोखिम ध्यानमा राखी स्वास्थ्य मापदण्ड पालना गर्न र संक्रमण देखिएका तथा बाहिरबाट आएकालाई क्वारेन्टाइन र आइसोलेसनमा राख्ने व्यवस्था मिलाउन परिपत्र गरिएको बताए ।

गृहले होटल रेस्टुराँ, डान्सक्लब, पार्टीलगायत रात्रिकालीन व्यवसाय सञ्चालनमा जोखिम हेरेर मापदण्ड हेरफेर गर्ने अधिकार प्रशासनलाई दिइएको छ । यसअघि पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गृह मन्त्रालयसँग समन्वय गरेर रात्रिकालीन व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका जारी गरेको थियो । तर, निर्देशिकामा उल्लेख भएका प्रावधानअनुसार जनस्वास्थ्य मापदण्ड पालना भएको छैन ।

केही दिनअघि मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीको जोखिम बढ्न सक्ने चेतावनी दिँदै भीडभाड, जुलुस, सभा–सम्मेलनलगायत गतिविधि नगर्न अपिल गरेको थियो । पछिल्लो पटक भारतमा संक्रमण दर बढ्न थालेकाले त्यसको प्रभाव नेपालमा पनि पर्ने सक्ने आकलन गरिएको छ । महामारीको जोखिमलाई बेवास्ता गर्दै सभा–सम्मेलन, सेमिनार, राजनीतिक दलका गतिविधि, बजार, कलकारखानालगायत सबै क्षेत्र निर्बाध सञ्चालित छन् ।

संक्रमण रोकथाम र नियन्त्रणका लागि बन्द गरिएका भारत र चीनबाट नेपाल प्रवेश गर्ने २८ नाका खुला गरिएका छन् । सरकारले महामारी रोकथाम तथा नियन्त्रणका लागि २०७६ चैत ११ गते देशभर लकडाउन गरेकामा गत साउनबाट हटाइएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button