स्काभेटर चालकको यसरी तारेभीरमा ज्यान गयो।

पाँचथर । यहाँको सडकको ट्रायाक खोल्दै गरेको स्काभेटर पल्टिदा चालकको मृत्यु भएको छ।बिहीबार निर्माणाधीन तमोर कोरिडोर सडकको कुम्मायक गाउँपालिका–४ वनथाकमा ट्राक खोल्दै गरेको ना १ क ८३२१ नम्बरको स्काभेटर चिप्लिएर दुर्घटना भएको हो।

भीरमा ट्रायाक खोल्दै गरेको स्काभेटर चिप्लिएर करिब ५०० मिटर तल झरेर दुर्घटना भएको हो।

दुर्घटनामा स्काभेटर चालक दोलखाको तामाकोशी गाउँपालिका–३ पुरानोगाउँका २८ वर्षीय पवन महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

उक्त दुर्घटनामा चालकको टाउको र शरीर फरकफरक स्थानमा फेला परेको प्रहरीले जनाएको छ । तारे भीरबाट झरेको स्काभेटर तीन टुक्रा भएको छ ।

चालकलाई स्काभेटरको धारिलो भागले काटेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button