काङ्ग्रेसले आगामी सरकारको नेतृत्व गर्ने ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आगामी सरकारको नेतृत्व लिने निर्णय गरेको छ।

माओवाद केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले असंवैधानिक र अलोकतान्त्रिक कदम चाल्ने ओलीको विस्थापनका लागि छिटो निर्णय लिन कांग्रेस सभापति शेरबहादुर देउवालाई पटक-पटक भेटेर आग्रह गर्दै आएका थिए । तर माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता र जनता समाजवादी पार्टी गणितीय आधारमा एकढिक्का भएमा कांग्रेसले नेतृत्व लिने वा अरु दलको नेतृत्वमा नयाँ सरकार बनाउन साथ दिने बताउँदै आएको थियो ।

दाहालले कांग्रेस र जसपाले प्रतिनिधिसभा विघटनको विरोधमा सडकमा आएका दलहरुबीच सरकार बनाउने एकमत हुनासाथ आफ्नो पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउँदै आएका छन् । माओवादी केन्द्रले अहिलेसम्म सरकारबाट समर्थन फिर्ता लिएको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button