नुवाकोटे टाइगर (कमल लामा)लाई राष्ट्रिय रिङ रेस्लिङको उपाधि

पोखरा- नुवाकोटे टाइगरले दोस्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि जितेका छन्। प्रतिद्वन्द्वी डेभिडलाई लक लगाउँदै टाइगरले उपाधि हात पारेका हुन्।
पोखरा बहुउद्देश्यीय रंगशालाको कभर्डहलमा भएको फाइनल प्रतिस्पर्धामा डेभिडले टाइगरमाथि सशक्त प्रहार गर्दै जित निकालेका हुन्। डेभिडले टाइगरलाई अचेतको अवस्थामा पुर्याएर खेलमा दबाब बनाएपनि नुवाकोटेले उत्कृष्ट फिनिसिङको बचाउ गरे।
रिङमाथिबाट हाइजम्प गर्दा डेभिड घाइते बनेपछि उनी लक्ष्यमा पुग्नबाट चुकेका थिए। सोही अवसरको फाइदा उठाउँदै टाइगरले डेभिडमाथि लक लगाएर रेफ्रीको तीन काउन्टसँगै च्याम्पियन घोषित भए।उपाधिका साथ टाइगरले नगद एक लाख र च्याम्पियन बेल्ट प्राप्त गरे। प्रतियोगितामा उप विजेता बनेका डेभिडले नगद ५० हजार रुपैयाँ पाए। प्रतियोगितामा चट्टानले तेस्रो स्थानमा चित्त बुझाए।