नुवाकोटको पञ्चकन्या-२ कबिलासमा भत्ता बाँड्न ल्याईएको पैसा ढोका फुटाएर चोरी

चैत २५ : नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नंवर २ कबिलास पुरानिडाँडास्थित २ नम्बर वडा कार्यालय भवनबाट ५३ लाख २१ हजार ८ सय ५६ रुपैयाँ नगद रहस्यमय ढंगवाट चोरी भएको छ।
सामाजिक सुरक्षा भत्ता बितरण गर्न कार्यालयमा ल्याएर राखिएको पैसा ढोका फुटाएर मध्य राती चोरी भएको जनाईएको छ ।
प्रहरीका अनुसार सो वडा कार्यालयबाट ३२ इन्चको एकथान सीसीटीभीको मनिटर पनि गएराति चोरी भएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोट र इलाका प्रहरी कार्यालय पञ्चकन्याबाट खटिएको टोलीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्नुको साथै थप अनुसन्धान गरिरहेको छ।