शिवपुरी अध्यक्ष कप फूटबलको उपाधी विदुरले जित्यो

- नुवाकोट : शिबपुरी गाउँपालिकाको आयोजनामा भएको प्रथम शिबपुरी अध्यक्ष गोल्ड कपको उपाधी बिदुर नगरपालिकाले जित्न सफल भएको छ ।
- बुधवार सम्पन्न नुवाकोट जिल्ला स्तरीय पहिलो शिवपुरी अध्यक्ष कप प्रतियोगितामा विदुर प्रथम भएको हो भने घरेलु टीम शिवपुरी गाउँपालिका दोश्रो स्थानमा चित्त बुझाएको छ ।खेलको १६ मिनेटमा विदुर नगरपालिकाका जर्सी नम्बर ११ का आकाश रानामगरले पहिलो हाफमा दुई गोल गोल गरेका थिए भने उनै खेलाडी मगरले दोस्रो हाफ अन्तर्गत ४८ औ मिनेटमा तेस्रो र ५८ औं मिनेटमा चौथो गोल गरी म्यान अफ द म्याच बन्न सफल भएका थिए। शिवपुरीका तर्फबाट जर्सी नम्बर ७ का खेलाडी आशिष थापाले खेलको ४३ औं मिनेटमा १ गोल गरेका थिए।