५ अर्ब ८८ करोड ५० लाख रुपैयाँ बराबरको आईपिओ खुल्दै।

सेयर बजारले हरेक दिन नयाँ रेकर्ड बनाइरहेका बेला थप १६ कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् । सेयर निष्कासन अनुमतिका लागि ती कम्पनीले नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन् ।

सामान्यतया बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ  । सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका १६ कम्पनीले ५ अर्ब ८८ करोड ५० लाख रुपैयाँ बराबरको ५ करोड ८८ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने जनाएका छन् । तीमध्ये १३ वटा जलविद्युत् र ३ वटा अन्य समूहअन्तर्गतका कम्पनी छन् । जलविद्युत् कम्पनीमध्ये प्रायःले स्थानीय र बाँकीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको बोर्डले जनाएको छ  ।

 

आवेदन दिएका जलविद्युत् समूहका कम्पनीमध्ये साहस ऊर्जा लिमिटेड, सामलिङ पावर कम्पनी, बुद्धभूमि नेपाल हाइड्रोपावर, सयपत्री हाइड्रोपावर, बलेफी हाइड्रोपावर, ग्रिन भेन्चर लिमिटेड, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, हिमालयन हाइड्रोपावर लिमिटेड, मध्यभोटेकोसी जलविद्युत्, न्यादी हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले स्थानीय तथा सर्वसाधारणका लागि गरेर दुवैखाले सेयर निष्कासन गर्नेछन् । मैलुङ खोला जलविद्युत्ले भने सर्वसाधारणका नाममा सेयर निष्कासन गर्नेछ ।

 

जलविद्युत्बाहेक अन्य तीन कम्पनीमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्था र डिस मिडिया नेटवर्क छन् । यी कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन अनुमति मागेका छन् ।

पछिल्ला दिनमा दोस्रो बजारमा सूचीकृत हुने नयाँ कम्पनीमा जलविद्युत् धेरै छन् । कम्पनी थपिएसँगै बजारमा जलविद्युत् क्षेत्रको बाहुल्य पनि बढ्दै गएको छ । हाल सेयर बजारमा ३८ वटा जलविद्युत् कम्पनी सूचीकृत छन् ।

 

सेयर निष्कासनका लागि आवेदन दिएका संस्था जोड्दा ५० हाराहारी पुग्ने देखिन्छ । सेयर निष्कासन गरिसके पनि सूचीकृत नभएका, निष्कासन तयारीमा रहेका र निष्कासन अनुमतिका लागि आवेदन दिएका कम्पनी संख्या हेर्दा चालु वर्षभित्रै सेयर बजारमा सूचीकृत कम्पनी तीन दर्जनभन्दा बढी पुग्ने जानकारहरू बताउँछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button