स्याङ्जातर्फ जाँदै गरेको ट्रक बीचबाटोबाटै गाएब करिब ४६ लाख रुपैयाँ बराबरको खानेतेल हरायो।

सुनसरीको दुहबीबाट गत चैत २४ गते स्याङ्जाको वालिङका लागि खानेतेल बोकेर हिँडेको ट्रक प्रहरीले धनुषाको ढल्केबरमा मंगलबार बेवारिसे अवस्थामा फेला पारेको छ ।

केही कार्टुन तेलसहित ट्रक बेवारिसे अवस्थामा प्रहरीले फेला पारेको हो । सिरहाका प्रहरी प्रमुख एसपी सुदीप राजभण्डारीका अनुसार स्याङ्जातर्फ जाँदा बीचबाटोबाटै गायब भएको ट्रकमा करिब ४६ लाख रुपैयाँ बराबरको २२ सय कार्टुन पशुपति उद्योगका ‘हेलो सनफलाबर’ खानेतेल थियो । तर बेवारिसे अवस्थामा फेला पार्दा ट्रकमा केही कार्टुनमा मात्र तेल भेटिएको प्रहरीले जनाएको छ ।

ट्रक चालक र सहयोगी फरार छन् । प्रहरीका अनुसार त्यही चालक वा अन्य व्यक्तिको संग्लनतामा तेल चोरी गरी बेचेको हुन सक्छन् । सिरहाको लहान, सुखीपुर, गोलबजारमा तेल बिक्री भएको सूचना पाएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

फेला परेको ट्रक र तेल खरिद बिक्री भएको सूचनाको आधारमा छानबिन भइरहेको एसपी राजभण्डारीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button