ई-सेवाले माग्यो देशभर २६५ कर्मचारी,कहाँ कती खाजेकाे छ पुरा पढ्नुहाेस् ।

ईसेवाले २६५ कर्मचारी माग गरेको छ । देशका विभिन्न ठाउँमा बजार प्रतिनिधि पदका लागि कम्पनीले कर्मचारीको माग गरेको हो ।
यसअन्तर्गत काठमाडौं, पोखरा, बुटवल, चितवन, विराटनगर, नेपालगञ्ज, धनगढी, दमक, धरान, हेटौंडा, बागलुङ, लाहान, राजविराज, दाङ, सुर्खेत, विर्तामोड र वीरगञ्जमा काम गर्न कर्मचारी माग गरेको छ ।
एसईई-एसएलसी उत्तीर्ण व्यक्तिहरुले विज्ञापन प्रकाशित भएको १० दिनभित्र आफ्नो बायोडेटासहित careers@esewa.com.np मा ईमेल गरी दरखास्त पठाउन सकिने जनाएको छ ।