बैशाख ८ गते देखि “द भ्वाइस अफ प्रेज” सुरु हुंदै।

कर्णाली 24, क्लासिकल म्युजिक सेन्टरको आयोजनामा हुन गइरहेको “द भ्वाइस अफ प्रेज” सिङ्गगिङ कार्यक्रमले ईसाई समुदाय भित्रका गाएन क्षेत्रका प्रतिभाहरू अहिले उत्साहित देखिएका छन् । अडिसनका लागि फारम भने चर्चहरुमा वितरण गर्ने कार्य भइरहेकेको छ । साथै सहभागी को लागि आवश्यक जानकारी राख्न यसै समाचार मा दिएको सम्पर्क नम्बरमा पनि सम्पर्क गर्न सकिने छ।
बांके, कोहलपुर नगरपालिका-२ ,इम्मानुयल चर्चमा बैशाख ८र ९ गते विहानै देखि सुरु हुने अडिसनको सबै तयारी लगभग पूरा भइसकेको ख्रीष्टियन सिङ्गिङ्ग आइडलका कार्यक्रमका संयोजक बलु तामाङले जानकारी दिए । ‘हामीले सबै लगभग तयारी पूरा गरिसकेका छौं, बिहान नै देखि अडिसन सुरु हुन्छ’, तामाङले भने, ‘बाँके, बर्दिया र दाङ आसपासका चर्चबाट सहभागीहरु उत्साहि भइरहेको छन्।’ उनका अनुसार लुम्बिनी प्रदेश मै पहिलो पटक हुन लागेको यो कार्यक्रमको दर्ता अभियान भैइरहेकको र भाग लिन इच्छुक हुने चर्चका विस्वासीहरुले समयमै नाम दर्ता गराई भाग लिनुहुन अनुरोध गरिएको छ । कार्यक्रमले नेपाली ख्रीष्टियन सांस्कृतिक पहिचान स्थापित गर्न एक अलग प्रतिभाको खोजी सुरु हुँदै गरेको र ईसाई समुदामा लुकेर रहेका प्रतिभाहरूको खोजी गरि उनिहरुलाई परमेश्वरकोलाई महिमा हुने गितहरु गाउन प्रेरणा दिने उनको भनाई छ ।
प्रतियोगितामा गायक तथा संगीतकारहरु रमेश विश्वास, गणेश राना, बलु तामाङ , उमेश मुस्कान र लोक प्रिय गायक कर्ण दास निर्णायक रहेका छन् । कार्यक्रमको मुख्य प्रायोजन मिड वेस्टर्न आइ टी सफ्ट इन्टरनेशनल प्रा. लि. ले गरेको छ भने मिडिया पार्टनरमा सानीमा टिभी यूटुयुव च्यानल र अनलाईन पार्टनर रातोपाटी न्युज डट कम रहेको छ ।