मोटरसाइकल दुर्घटना हुँदा भक्तपुरमा २ जनाको मृत्यु

भक्तपुर, ३ बैशाख । भक्तपुरको चुनदेवीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । चालक र पछाडि सवार दुबैजनाको ज्यान गएको हो । छ लेन सडकमा करिब ११ बजे दुर्घटना भएको बताइएको छ।

सूर्यविनायक तर्फ गइरहेको प्रदेश ३ को ८२५० नम्बरको पल्सरको एनएस मोटरसाइकललाई सोही तर्फ गइरहेको अर्को मोटरसाइकलले ठक्कर दिदा दुर्घटना भएको हो ।

 

ठक्कर दिने मोटरसाइकल फरार रहेको बताइएको छ । दुर्घटनामा मृत्यु भएका युवकको पहिचान हुन नसकेको महानगरीय ट्राफिक कार्यालय भक्तपुरका प्रमुख सुमन न्यौपानेले बताए । दुर्घटनाको थप विवरण आउन बाकी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button