भारतवाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र र कोमललाई कोरोना पुष्टि

भारतको महाकुम्भ मेलामा सहभागी भएर फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाहलाई कोरोना भाइरस पुष्टि भएको छ। महाकुम्भ मेला कोरोनाको हट स्पट बनेको थियो । दुई महिना सम्म चल्ने कुम्भमेलामा महास्नान गर्न पुगेका पूर्वराजा ज्ञानेन्द्र त्यहाँ विभिन्न ब्यक्तिहरुसंगको सामिप्यमा थिए । सोमबार गरिएको परीक्षणमा उनीहरुलाई कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।

कोरोना पुष्टि भए पनि उनीहरु होम आइसोलेसनमै रहेको सुरक्षा स्रोतले जनाएको छ। पूर्वराजा शाह भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएर फर्किएका थिए। कुम्भ मेलामा लाखौं नागरिक सहभागी भएका थिए । शाहलाई विशेष अतिथिका रुपमा निम्त्याइएको थियो। उनलाई शाही स्नानको लागि स्वामी कैलाशानन्द गिरीले निमन्त्रणा दिएका थिए। हाल सोही मेला कोरोना भाइरसको हटस्पट बनेको देखिएको छ। दुई महिनासम्म यो मेला चल्नेछ। तर उक्त मेलामा पुगेका १५ सय बढीलाई कोरोना पुष्टि भइसकेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button