सोच्नै नसक्ने धन्दा, पैसा पाएपछि.. अस्पताललेनै यस्तो गरे!!!

देश अहिले कोरोना महामारीले पुनः ग्रस्त छ । तर, माफियाहरुको सोच्नै नसकिने धन्दा चलाएका छन्, यो संकटमा । माफियाहरुले यो संकटको घडीमा पैसा असुलेर नक्कली पिसिआर रिपोर्ट वितरणको धन्दा चलाइरहेका छन् ।
मंगलबार महानगरीय अपराध महाशाखाले काठमाडौंको सिनामंगलस्थित ल्याबमा छापा मार्यो। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सुरिया हेल्थ केयर प्रा.लि.को ल्याबमा छापा मार्यो । उक्त ल्याबले बिनास्वाब कोरोना संक्रमणको पिसिआर रिपोर्ट दिएको सत्य प्रमाण फेला पर्यो ।
नेगेटिभ रिपोर्टका साथ नेपालबाट विदेश जानेहरु उता पुगेपछि पोजेटिभ देखिन थालेको कुरा बाहिरिन थालेसँगै महाशाखाले विशेष निगरानी राख्दै आएको थियो । महाशाखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) दुर्गा रेग्मीका अनुसार नेपालमा नेगेटिभ रिपोर्ट देखाएर विदेश गएकाहरु रिपोर्ट पोजेटिभ देखियो।
यस विषयमा अन्य पनि विशेष अनौठा खालका सूचना पाएपछि निगरानी बढाइएको डिएसपी रेग्मीले बताए । केही दिनदेखि यसैमा केन्द्रित भएर सूक्ष्म तरिकाले अनुसन्धान अघि बढाएको प्रहरीले सिनामंगलमा अनुसन्धानका क्रममा धन्दा चलाइएको प्रमाणहरु फेला पारेको हो ।
महाशाखाबाट खटेको टोलीले छापा मार्दा सिनामंगलको सुरिया हेल्थ केयर प्रालिले नक्कली रिपोर्ट बनाउने गरेको र स्वाब नै नदिई प्रत्येक व्यक्तिबाट ९ हजार लिएर तयार गरिउको रिपोर्ट फेला पर्यो । त्यसपछि प्रहरीले ल्याबका सल्लाहकार केपी सिंहलाई नियन्त्रणमा लिएको छ।
डिएसपी रेग्मीका अनुसार ल्याबका अध्यक्ष भने भारतीय नागरिक सिपी श्री कुमार रहेका छन् । हाल उनी भारतमै रहेको खुलेको छ । ल्याबका सल्लाहकारसहित अन्य पाँच जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।
पैसा पाएपछि उनीहरूले दुई घण्टाभित्रै नेगेटिभ रिपोर्ट बनाइदिने गरेको डिएसपी रेग्मीले बताए। त्यतिमात्र उनीहरुले रिपोर्ट बनाएपछि सेवाग्राहीलाई घरसम्मै रिपोर्ट पुर्याइदिने गरेको पनि प्रारम्भिक अनुसन्धानमा खुलेको डिएसपी रेग्मीले बताए ।
हाल पक्राउ परकोहरुलाई प्रहरीले पक्राउ थप अनुसन्धान अघि बढाएको छ । न्यूज 24 बाट लिएको।