कुखुराको मासुको मूल्य वृद्धि

वैशाख कैलालीमा ब्रोइलर कुखुराको मासुको मूल्य बढेको छ । कैलालीमा एक सातामा ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकिलो रु १०० बढेको छ ।

 

कैलालीका बजारमा सहजरूपमा ब्रोइलर कुखुराको मासु नपाइने र पाइए पनि महँगो हुँदै गएको व्यवसायी बताउँछन् । ब्रोइलर कुखुरा एक साता पहिला जिउँदो प्रतिकिलो रु १९० र काटेर रु ३२० मा बिक्री हुने गरेको तर अहिले जिउँदो कुखुरा रु २८० सम्म र काटेको मासु रु ४२० मा बजारमा बिक्री भइरहेको छ ।

 

सातामा मासुको मूल्य प्रतिकिलो रु १०० का दरले बढेकाले मासुको बिक्रीमासमेत कमी आएको टीकापुरस्थित मासु व्यवसायी राजकुमारी चौधरीले बताउनुभयो ।

 

“मैले दैनिक १० देखि २० किलोसम्म मासु बिक्री गर्छु । बजारमा सहजरूपमा जिउँदो ब्रोइलर कुखुरा पाइरहने र मासु बिक्रीबाट राम्रो मुनाफा हुने भएकाले नियमित यही काम गर्दै आएकी छु”, उहाँले भन्नुभयो, “केही दिनदेखि कुखुरा पाउनै मुस्किल भएको छ । कुखुरा अभाव भएकाले मासुको मूल्य बढेको छ ।

 

मूल्य बढेपछि बिक्रीसमेत घट्न थालेको छ ।” ब्रोइलर कुखराको उत्पादनमा कमी र मासुको मूल्य बढेकोे पदमरम्भा पोल्टी फर्म तथा फिड सप्लायर्सका कृपा रावलले बताउनुभयो । उहाँले विगत केही महिनादेखि किसानले आवश्यक मात्रामा ब्रोइलर चल्ला नपाउँदा उत्पादनमा कमी आएको बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button