कार र स्कुटर दुर्घटना हुँदा २ जना गम्भीर घाइते।

बैशाख १२ गते, बिहान ८:४५ बजे बांके कोहलपुर, दशबिगाह अतिथि होटल नजिक बा १८ च ३९१० नम्बरको कार र उत्तर दिशाबाट आईरहेको भे १० प ११६० नम्बरको स्कुटर क्रस गर्ने क्रममा आपसमा ठक्कर खाँदा दुई जना गम्भीर घाइते भएका छन्।

स्कुटरमा सानो बच्चा सहित तिन जना सवार थिए। स्कुटर चालक पुरुष र पछाडि बस्ने महिला गम्भीर घाइते भएका छन् भने सानो बच्चको अवस्था सामान्य रहेको छ।

घाइतेहरुको कोहलपुर अस्पतालमा उपचार भइरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button