गल्छिमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

। धादिङको गल्छी गाउँपालिका–७ बाइसकिलोमा ट्रकमा मोटसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
मंगलबार बिहान ना ३ ख ७६५७ नम्बरको ट्रकमा बा ६६ प ९०२५ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक गल्छी गाउँपालिका–७ का २३ वर्षीय दीपेश नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।