बुटवलमा निषेधाज्ञा उल्लघंन गर्नेलाई ९ हजार जरिवाना तिर्न नसक्दा १ महिना जेल चलान।

निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले तीन जनालाई एक महिनाका लागि जेल चलान गरेको छ ।
शुक्रबार रुपन्देहीमा नियम उल्लंघन गर्ने तीन जनालाई जिल्ला प्रशासन कार्यालय रुपन्देही एक महिनाका लागि कारागार चलान गरेको हो ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै उनीहरुलाई जेल चलान गरिएको छ । ८ जनालाई नियन्त्रणमा लिएकोमा तीन जनाले भने जरिवानाबापत् ९ हजार एक सय तिर्न नसकेपछि जेल चलान नै गरेको प्रहरीले बताएको छ ।
८ जनाबाट प्रतिव्यक्ति नौँ हजार एक सय रुपैयाँ जरिवाना तिराइएको छ ।
जरिवाना तिर्न नसक्नेहरुमा रुपन्देही मायादेवी गाउँपालिका–४का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहार रहेका छन् ।