यी जिल्लाहरुमा कोरोना संक्रमितको लागि अस्पतालमा शय्या अभाब हुन थाले।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोभिड–१९ को संक्रमण नेपालमा हाल निकै नै उच्च गतिमा फैलिरहेको अवस्था रहेको बताएको छ ।नेपालका २२ जिल्लामा पछिल्लो समय कोरोना संक्रमण फैलने दर डरलाग्दो गरी बढिरहेको मन्त्रालयले बताएको छ ।
कोभिड १९ संक्रमणका हिसाबले नेपालका अति प्रभावित २२ जिल्लाहरू (मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु सुर्खेत, कैलाली, कंचनपुर) मा संक्रमण फैलने दर डरलाग्दो गरी बढिरहेको मन्त्रालयले जनाएको हो।
मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने भइसकेको हुँदा सबै जनालाई संवेदनशील हुन अनुरोध गरेको छ।