एकै परिवारका ३ दाजुभाइको कोरोना भाईरस बाट मृत्यु।

बांके, कोरोना भाइरस महामारीबाट नेपालगन्जमा एकैघरका तीन दाजुभाईको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका-३ का इम्तियाज अहमद, एजाज अहमद र  जहीर अहमदको मृत्यु भएको हो ।

उनीहरुको एक-एक दिनको फरकमा मृत्यु भएको छ । जहीरको मृत्यु भएको भोलि पल्ट एजाजको मृत्यु भएको थियो ।

त्यस्को भोलिपल्ट आज विहान इम्तियाजको मृत्यु भएको छ ।

सात दाजुभाई मध्ये जहीर कान्छा हुन भने एजाज राइलो र इम्तियाज काइलो हुन् ।

उनीहरु सबैको भेरी अस्पतालमा मृत्यु भएको हो । एउटै परिवारको तीन दाजुभाईको मृत्युपछि परिवारमा ठूलो बज्रपात परेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button