बिस्तारै नेपालमा कोरोनाले हाई- प्रोफाइलहरुको ज्यान लिंदै।

२४ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमणका कारण संसद सचिवालयका उपसचिव कृष्णराज खनालको मृत्यु भएको छ।

आज बिहान शहिद ममोरियल अस्पताल कलंकीमा तनहुँका ५० वर्षीय खनालको मृत्यु भएको संसद सचिवालयले जनाएको छ।

संक्रमण पुष्टि भएपछि चन्द्रागिरी–१२ स्थित घरमै आइसोलेसनमा बसेका खनाललाई आज बिहान गाह्रो भएपछि अस्पताल लगिएको थियो। खनाललाई मुटु र पत्थरीको समस्या रहेको बताइएको छ ।

बुधबार स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । बुधबार गरिएको परीक्षणमा चार सांसद र सचिवालयका तीन कर्मचारीमा संक्रमण पुष्टि भएको थियो।

वैशाख २७ गते संसद वैठक बोलाइएपछि सांसद र सचिवालयका कर्मचारीको पनि कोरोना परीक्षण गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button