९० रुपैयाँको ज्वरोको औषधिमा कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने औषधी को नाम राखी ५००० हजारमा बिक्री।

ज्वरो आउँदा लगाइने औषधिको लेवल उक्काएर भारतमा कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने रेमडिसिभिरको लेवल लगाएर विक्री गरेको आरोपमा एक जना व्यवसायी पक्राउ परेका छन्
भारतमा उत्पाद हुने रेमडिसिभिरको लेबल लगाएर नक्कली औषधि विक्री गर्ने दुई जनालाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।नोवेल मेडिकल कलेजको अगाडि रहेको साथी फार्मेसीका सञ्चालक सोनु आलम र श्रवण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो ।
वीरगञ्जमा उत्पादन हुने ‘स्टासेफ’ नामक इन्जेक्सनको भायलमा आलम र यादवले रेमडिसिभिरको लेबल टाँसेर बेच्ने गरेको प्रहरीले दाबी गरेको छ ।
मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार प्रारम्भिक अनुसन्धानबाट उनीहरुले दुई सय भायल जति स्टासेफलाई रेमडिसिभिरको लेवल लगाएर बेचेको पाइएको छ ।