कोरोना महामारीमा पनि प्रहरीकै संलग्नमा यौन धन्दा।

बाँकेको नेपालगन्ज कोरोना संक्रमण चर्चित ठाउँ बनेको छ । यहाँको जनजीवन भयावह देखिएको छ । नागरिक त्रसित बनिरहेका छन । शहरमा लकडाउन छ । यहि मौका छोपेर यहाँको यौन व्यवसाय भित्रभित्रै आगो झै फैलिएको छ । जसमा वडा प्रहरी नेपालगन्जका प्रहरी निरीक्षक डिल्ली खड्काको निर्देशनमा प्रहरीका घुमुवाको संरक्षण देखिएको छ ।
सडकमा लकडाउनलाई बलियो बनाउने निहुँमा इन्स्पेक्टर खड्काले यौन व्यवसायीबाट मोटो रकम असुली गर्दै आएको फेरी खुलेको छ । उनले असुलीमा आफु सिधै नभई मातहतका केही प्रहरीलाई घुमुवाको रूपमा परिचालन गरेको खुलेको छ ।
नेपालगन्ज आएको केही दिनमा नयाँ सडकका विभिन्न होटलमा छापा मारेर त्रसित बनाउरुका खड्काले त्यसपछि असुलीलाई तीब्रता दिएका छन । उनको पहिलो उद्देश्य नगरको सुरक्षा व्यवस्थापन भन्दा पनि असुली नै देखिएको छ ।
यसअघि ट्याक्टर, ट्रक र टिप्परबाट लाखौं रकम उठाएको आरोप खेपिसेका खड्का अहिले यौन व्यवसायी र साना तथा होलसेल व्यवसायीतिर नजर लगाउँन पुगेको उनकै मातहतका प्रहरी बताउँछन।
नेपालगन्जको न्युरोड आसपासका होटेलहरु संग कन्ट्याक्ट्मा रुम लिने र सडक छेउमा ग्राहकसँग बार्गेनिङ गर्दै यौनजन्य गतिबिधी गर्दै आएका छन । तर वडा प्रहरी आफ्नै आँखा अघि यस्ता दृश्य देख्दा पनि उदासीन रहन्छ । यसले पनि वडा प्रहरी असुलीमा सक्रिय छ भन्ने प्रष्ट हुँदै आएको छ ।
बाँकेमा यतिबेला लकडाउन छ , तर पनि साँझ न्युरोडका सडक पेटिमा ग्राहक खोज्दै र बार्गेनिङ गर्ने यौनजन्य क्रियाकलापमा संलग्न युवती सक्रिय रहने गरेका देखिएका छन । छेउमै प्रहरी हुन्छ तर, तैचुप मैचुपको अवस्थामा ।
वडाका हाकिमको केही नगर्नु भन्ने आदेशछ सेतुविक चोकमा ड्युटीमा रहेका एक प्रहरी जवानले भने ‘हामी पनि हेरेर चित्त बुझाउँने हो । आाखै अघि लतारेर लान्छन तर, केही गर्न सकिदैन । समाउने वा करावाही गर्ने आदेश हामलाई छैन ।’
उसो त बाँकेको नेपालगन्जमा मात्रै यौनजन्य क्रियाकलाप मौलाएको भने होईन, बाँकेकै राझाँ र कोहलपुर समेत यौनजन्य गतिविधिको लागी चर्चित छ । लकडाउनको समयमा पनि राझा चोक आसपासका साना होटेलहरुमा त्यस्ता क्रियाकलाप हुँदै आइरहेको स्थानीयले दाबी गरेका छन । ई-सेतोखरी बाट साभार गरिएको।