भ्वाइसबाट आउट भएकी सन्जु मोक्तान, पढाईमा सधै पहिलो, फिल्ममा समेत अफर, !

भ्वाईस अफ नेपाल -३ को यात्रा टुङ्गिए संगै चर्चामा आएको एउटा नाम हो सन्जु मोक्तान । डिजिटल अडिसन, ब्लाईन्ड अडिसन हुँदै ब्याटल राउण्ड सम्म आईपुगेकि सन्जुको यात्रा ब्याटल राउन्डबाट अघि बढ्न सकेन । प्रतिस्पर्धा निकै टफ भएका कारण राम्रो प्रस्तुति दिएर पनि बाहिरनु पर्यो सन्जु ।
सन् १९९७ डिसेम्बर ९ मा भक्तपुरमा जन्मिएकि र भक्तपुरमा नै हुर्किएकी सन्जुको पुर्खौली घर भने सिन्धुपाल्चोक हो । सन्जु गायन क्षेत्रमा मात्र होईन अन्य क्षेत्रमा पनि निकै प्रतिभावान छिन् । अध्ययन जिवनमा कहिल्यै सेकेन्ड नभएकी प्रतिभाकी धनी सन्जुले २०१७ मा मिस टिन नेपालको उपाधी समेत जितेकी थिईन ।
सन्जु अहिले कान्तिपुर टेलिभिजनमा भिजे पनि गर्छिन् । काठमाडौं डन बस्को कलेज पढेकी २२ बर्षिय सन्जु मोक्तानको स्वर मात्र राम्रो होईन मान्छे पनि उत्तिकै राम्री छिन् । उनको स्वरले धेरैलाई मन्त्रमुग्ध बनाएको छ ।
ब्लाईन्ड अडिसनमा ‘घर जलेर आज खरानी भो कठै’ गीत गाएर टिम प्रमोदमा परेका रबि गहतराज र ब्लाईन्डमा ‘नसुनेझै गरि मेरो कुराहरु आज फेरी’ बोलको गीत गायर चार वटै कुर्सी घुमाएर रकिङ प्रस्तुती दिएकी सन्जु मोक्तानको ब्याटलमा भेट भयो ।