केहीबेरमा राजीनामा दिएर फेरि आज तुरुन्तै पुनःनियुक्ति लिने तयारीमा प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) संसदमा विश्वासको मत लिनुअघि नै राजीनामा दिएर तुरुन्तै पुनःनियुक्ति लिने तयारी गरेका छन्।पूर्व निर्णयाअनुसार आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको विशेष अधिवेशनमा विश्वासको मत लिनुपर्ने कार्यक्रम रहे पनि आफूलाई बहुमत प्राप्त नहुने निश्चित देखेपछि प्रधानमन्त्री ओलीले बरु त्यसअघि नै पदबाट राजीनामा दिएर संसदको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पुनः प्रधानमन्त्री नियुक्त हुने तयारी गरेका हुन्।

प्रधानमन्त्री ओलीनिकट एक उच्च नेताका अनुसार सम्भवतः ओलीले आज ११र१२ बजेतिर प्रधानमन्त्री पदबाट राजीनामा दिनेछन् र साँझसम्म पुनः प्रधानमन्त्री नियुक्त भएर राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनेछन्।विश्वासको मत नपाउने र सरकार अल्पमतमा पर्ने स्पष्ट भएपछि प्रधानमन्त्री ओलीले सहज बाटो रोज्ने योजना बनाएको ती नेताले बताए।

‘पार्टीभित्रको किचलो र संसदमा बुहमत जुटाउन नसक्दा विश्वासको मत नपाउने स्पष्ट नै भयो,’ ती नेताले भने, ‘तसर्थ संसदमा अल्पमतमा परेपछि फेरि ठूलो दलको हैसियतले प्रधानमन्त्री नियुक्त हुनुभन्दा पहिले नै राजीनामा दिएर नियुक्त हुँदा सहज हुन्छ भन्ने निष्कर्षमा यस्तो योजना बनेको हो।’

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button