यो आम जिज्ञासाको समाधानका लागि हामीले अक्सिजन क्षेत्रमा झण्डै चार दशक बढी काम गरेका इन्जिनियर सुरेन्द्रभक्त माथेमालाई हामीले यही प्रश्न सोध्यौं, ‘के अक्सिजन अभावको पूर्ति ग्यासको खाली सिलिन्डरमा भरेर सम्भव छ ?’
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सैनिक अस्पताल छाउनीसहितका कयौं अस्पतालको अक्सिजन प्लान्ट निर्माणको काम गरेका माथेमा अहिले बि एण्ड बी अस्पतालको टेक्निकल कन्सल्ट्याण्टको रूपमा कार्यरत छन्।
हाम्रो प्रश्नपछि माथेमाले अक्सिजन सिलिन्डर र ग्यासको सिलिन्डरको भिन्नता बुझाए । जसअनुसार अक्जिनको हाल प्रयोजनमा रहेको जम्बो सिलिन्डर (आइएसओ ९८०९-१) ४८.८ किलोको हुन्छ । र यसको आयतन ४७ लिटर हुन्छ । यो सिलिन्डरमा हामीले पानी भर्ने हो भने ४७ लिटर अट्छ ।
सिमलेस फलामको ५.३ एमएम थिकनेसमा अक्सिजनको सिलिन्डर बनेको हुन्छ । यसमा राख्नसक्ने अक्सिजन १५० बार हुन्छ । त्यो भनेको सात हजार ५० लिटर अक्सिजन अट्नसक्ने भनिएको हो । यदी ६ लिटर प्रतिमिनेट अक्सिजन चाहिने बिरामीलाई यो सिलिन्डरको अक्सिजनले २० घण्टा धान्ने उनी बताउँछन् ।
यदी प्रतिमिनेट दुई लिटर अक्सिजन चाहिन्छ भने ४९ घण्टा उक्त सिलिन्डरले धान्छ । हाल कोभिडको निकै जटिल अवस्थाका बिरामीलाई हाइफ्लो अक्सिजन (सिप्याप) मार्फत उपचार गराउँदा प्रतिमिनेट ६ लिटर अक्सिजन खपत हुने माथेमाको भनाइ छ ।
निकै ढिलागरी अस्पताल पुगेका बिरामीलाई ५० लिटर प्रतिमिनेट अक्सिजन चलाउनुपर्छ र त्यस्तो अवस्थामा ठूलो सिलिन्डरले साढे दुई घण्टा मात्रै धान्छ । यस्तो अवस्थामा एउटै विरामीलाई दिनभरी दिन १० वटा सिलिन्डर समेत चाहिने हुनसक्ने उनको भनाइ छ । यसैको आधारमा अक्सिजनको सिलिन्डर डिजाइन गरिएको हुने माथेमा बताउँछन् ।
अक्सिजनको तुलनामा खाना पकाउने ग्यासको सिलिन्डर कमजोर र निकै सानो हुने उनको भनाइ छ । तथापि एलपी ग्यासको सिलिन्डरका ग्यास भर्नै नमिल्ने भने नहुने उनले बताए ।
इन्जिनियर सुरेन्द्रभक्त माथेमा भन्छन्- खाना पकाउने ग्यास सिलिन्डरमा ६.५ केजी पर सेन्टीमिटर स्वाक्यार (बार) मा अक्सिजन भर्न भने सकिने माथेमा बताउँछन् । उक्त मात्रामा अक्सजिन भर्दा एउटा सिलिन्डरमा जम्मा २१७ लिटर मात्रै अक्सिजन भर्न सकिन्छ ।
नेपालमा पाइने आन्तरिक खपतको सिलिन्डरमा १४.२ किलो ग्यास अट्ने र त्यसलाई खाली गरेर पानी हाल्ने हो भने एक सिलिन्डरमा ३३.३ लिटर पानी अट्ने उनी बताउँछन् । खाली सिलिन्डर १५.३ र ग्यास १४.२ किलोको हुने उनले बताए । एलपीजी सिलिन्डरको डिजाइन प्रेसर १६.९ मात्रै रहेको उनको भनाइ छ । जुन अक्सजिन सिलिन्डरको तुलनामा निकै कम हो ।
यदी १६ भन्दा बढी प्रेसर सिलिन्डरलाई दिइयो भने पडि्कने उनको भनाइ छ । तर सोही सिलिन्डरमा ६.५ केजी पर सेन्टीमिटर स्वाक्यार (बार) मा अक्सिजन भर्न भने सकिने माथेमा बताउँछन् । उक्त मात्रामा अक्सजिन भर्दा एउटा सिलिन्डरमा जम्मा २१७ लिटर मात्रै अक्सिजन भर्न सकिने उनले बताए । जुन हालको अक्सिजन सिलिन्डरको तुलनामा निकै कम र दुःखको काम मात्रै हुने उनी बताउँछन् ।
यसबाहेक सिलिन्डरमा अक्सिजन भर्ने प्रणाली र त्यसलाई अस्पतालको प्रयोगमा पठाउने भल्ब लगायतका अन्य प्रणाली पनि मेल नखाने भएकाले अक्सिजन भर्न सकिए पनि प्रभावकारी भने नहुने उनको सुझाव छ ।