आकस्मिक उद्धारमा हेलिकप्टर कम्पनीलाई बढि शुल्क नलिन सरकारको निर्देशन।

आकस्मिक उद्धारका नाममा हेलिकोप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्राधिकरणले विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमित यात्रुलाई ओसारपसार गर्दा हेलिकोप्टर कम्पनीले लिने गरेको अतिरिक्त शुल्कलाई अझ न्यून गर्न प्राधिकरणले सबै हेलिकोप्टर कम्पनीलाई निर्देशन दिइसकेको स्पष्ट पारेको छ ।
यस्तै, उडानमा बिचौलियामार्फत हुन सक्ने अवाञ्छित गतिविधिलाई कडाइका साथ नियन्त्रण गर्न सबै हेलिकोप्टर कम्पनीलाई सम्पर्क कर्मचारी र टेलिफोन नम्बरसमेत सार्वजनिक गर्न निर्देशन दिएको क्यानले जनाएको छ ।
कोभिड उद्धार उडान गर्ने कम्पनी एवम् आधिकारिक व्यक्तिहरूको सम्पर्क नं
- १. अल्टिच्युड एयर प्रालि (९८०१२४९९१७, ९८०१२४९९०७, ०१–४४८९३००)
२. हेली एभरेष्ट प्रालि (९८४१५५७५०९, ९८१३२४०१३९, ०१–४११३०३६)
३. कैलाश हेलिकोप्टर प्रालि (९८५१०३००१३, ९८५११२९२५४, ०१–५९००५०१)
४. मनाङ एयर प्रालि (९८०११८०४६२, ९८०११८०४६३, ०१–४४८८०१६)
५. श्री एयरलाइन्स प्रालि (९८५१०२६१९७, ९८०२३०००२३, ९८५१०१२५०५)
६. सिम्रिक एयर प्रालि (९८५१०१०६९६, ९८५१०१०६९८, ०१–४१५५३४०)
- गुनासो तथा अन्य जानकारीका लागि (सम्पर्क व्यक्ति) सङ्घका प्रवक्ता योगराज कँडेल शर्मा सम्पर्क नं ९८५१०२९३३३ तोकिएको पनि कम्पनीले जनाएको छ ।
क्यानको निर्देशनबमोजिम हेलिकोप्टर कम्पनीले सरकारले तोकेको प्रतिघिण्टाको भाडादरमा समेत सहुलियत प्रदान गरी उडान सञ्चालन गरिरहेको तर कोभिड–१९ सङ्क्रमित यात्रु बोक्नु पर्दा भने त्यस यात्रुको व्यवस्थापन एवम् चालक दल तथा अन्य संलग्न कर्मचारीको स्वास्थ्य जोखिमबापत थप अतिरिक्त शुल्कसम्बन्धी हेलिकोप्टर कम्पनीले लिँदै आएको पाइएको विज्ञप्तिमा उल्लेख छ । निर्धारित शुल्कभन्दा बढी रकम नलिन तथा यस सम्बन्धमा कुनै किसिमको गुनासो भए प्राधिकरणको देहायका पदाधिकारीलाई सम्पर्क गर्नसमेत क्यानले सबैमा हार्दिक अनुरोध गरेको छ ।