५० शय्यासहित नुवाकोट बट्टारको तेक्वान्दोहलमा बनाए अक्सिजनसहितको आइसोलेशन।

कोभिड–१९ का सङक्रमितहरु बढ्दै गएपछि स्थानीय तहले पूर्व तयारीलाई ध्यान दिन थालेका छन् । हालसम्म यहाँका तीन स्थानीय तहले आइसोलेशन कक्ष तयार गरेका छन् । विदुर नगरपालिका, तादी र शिवपुरी गाँउपालिकाले आइसोलेशन कक्ष तयार गरेका हुन् ।
विदुरले बट्टारको तेक्वान्दो कभर्ड हलमा ५० श्ययाको अक्सिजन सहितको आइसोलेशन बनाएको छ । सङ्क्रमितलाई मध्यनजर राख्दै आइसोलसेन तयार गरिएको नगर प्रमुख सन्जु पण्डितले जानकारी दिनुभयो ।
तादीका अध्यक्ष नारायणप्रसाद पाण्डेले खरानीटार अस्पतालमा अक्सिजन सहितको २० श्यया तयारी अवस्थामा राखिएको जानकारी दिनुभएको छ । पालिकाले कोरोनाको आशंका लागेमा अस्पतालमा स्वाँव सङ्कलन गरी परीक्षणको लागि पठाउने व्यवस्था समेत गरेको जनाएको छ । शिवपुरीले अक्सिजन सहितको २० श्यया आइसोलेशन तयार गरेको छ । गाउँपालिका अध्यक्ष रामकृष्ण थापाका अनुसार कोरोनाको दोस्रो लहर समुदायस्तरमै फैलिदै गएपछि अक्सिजन सहितको श्यया तयार गरेको बताउनुभयो ।
जिल्लामा पछिल्ला दिनहरुका सङ्क्रमणको दर बढ्दै गएको छ । आज जिल्लामा एकै दिन ६२ जना नयाँ सङ्क्रमित थपिएका छन् । ८७ जनाको स्वाव परीक्षण गरिएका मध्ये ती सङ्ख्यामा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा कोरोनाका दुई बिरामी निको भएका छन् भने एक जनाको ज्यान गएको छ । हाल जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५७८ पुगेको छ ।
२०७७ फागुन ११ गतेबाट सक्रिय सङ्क्रमित विहीन भएको जिल्लामा गत चैतको २३ गते नयाँ संक्रमित फेलाको थियो । यसपछि सङ्क्रमणको दर बढ्दै गएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिनुभयो
नुवाकोटका १२ सय ३४ जना कोरोना संक्रमित कोरोनामुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै जिल्लामा कोरोनामुक्त भएर घर फर्कनेको संख्या १२ सय ३४ पुगेको हो ।
कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ६२ जना कोरोना संक्रमित थपिएका छन् । ८७ जनाको पिसिआर परिक्षण गर्दा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।
यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये ४८ जना मात्रै विदुर नगरपालिकाका रहेका छन् । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या एक हजार ८ सय १५ पुगेको छ ।