नेता नारायणकाजी श्रेष्ठले कोरोना संक्रमित आफ्नो बुहारीलाई बेड नपाएकै कारण मृत्यु भएको बताए।

काठमाडौं– नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठकी बुहारी निर्मला वैद्यको को’भिड–१९ संक्रमणले मृ’त्यु भएको छ। अस्पताललमा उपचाररत वैद्यको मंगलबार नि’धन भएको प्रवक्त श्रेष्ठले जानकारी दिए।

को’भिड भएसँगै केही दिन अघिदेखिनै अस्पताल खोजि गरेको भएपनि अक्सिजनसहितको श’य्या पाउन नसकेको उनले जनाए। आइसीयू र भेन्टिलेटरको खोजी गरेको भएपनि पाउन नसकिएको र अन्तिम समयमा ट्रमा सेन्टरमा आइसीयू फेला परेको भएपनि बुहारीलाई ब’चाउन नसकिएको उनले बताए।

भतिज विकल (निर्मलाका श्रीमान) पनि को’भिडसँग जुँ’धिरहेको श्रेष्ठले बताए। उनका लागि पनि आ’इसीयू चाहिएको अवस्थामा पाइने न’पाइने ठेगान नभएको उनको भनाइ छ। समयमा नै उपचार पाउन नसकेर क’यौंको दिनदिनै ज्यान गइरहेको भन्दै प्रवक्त श्रेष्ठले बुहारी अहिलेको हाम्रो हालतको एक दृ’ष्टान्त भएको उनको भनाइ छ।

‘बुहारी निर्मला त अहिलेको हाम्रो हा’लत को एक दृष्टान्त मात्र हुन्। यसरी नै समयमा उपचार पाउन नसकेर कै’यौंको दिनदिनै ज्यान गैरहेको छ’उनले भने,‘म आफैले पनि अरु धेरै को’भिड संक्रमितहरुको लागि बेड र आ’इसियु खोजेको छु, तर पाइराखेको छैन।’

श्रेष्ठले म’हामारीको यस्तो बेलामा सरकारले वे’वास्ता गरिरहेको र त्यो क्ष’म्य हुन नसक्ने बताए। ‘महामारीको बेलामा स्वास्थ्य क्षेत्रको यो अब्यबस्था र बे’वास्ता क्ष’म्य हुन सक्दैन’ श्रेष्ठले भने।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button