प्रधानमन्त्री केपी शर्मा ओलीलको सहयोग अपिल पछि अमेरिकाद्वारा कोभिड–१९विरुद्ध लड्नका लागि नेपाललाई थप ३२ करोड सहयोग।

अमेरिकाद्वारा कोभिड–१९विरुद्ध लड्नका लागि नेपाललाई थप ३२ करोड रुपैयाँ बराबरको सहयोग घोषणा गरेको छ ।

अमेरिकी इन्डो–प्यासिफिक कमाण्डले कोभिड–१९विरुद्ध लड्नका लागि अक्सिजन प्लान्ट बनाउन, सिलिन्डर खरिद गर्न र भण्डारण ट्याङक आदि बनाउनका लागि थप सहयोग गरेको नेपालस्थित अमेरिकी दुतावासले जनाएको छ ।

कमाण्डले सन् २०२० यता मात्रै नेपालका लागि ५८ लाख डलर भन्दाबढी सहयोग गरिसकेको जनाएको छ । अमेरिकी सहयोग नियोग यूएसएआईडी र विभिन्न अमेरिकी एजेन्सीले नेपालका लागि हालसम्म ५१ मिलियन भन्दाबढी सहयोग गरेको जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध लड्नका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग माग्नु भएको छ । चीन, अमेरिकालगायत देशबाट सहयोग प्राप्त भइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button