बेटर बांकेले दियो कोहलपुर नगरपालिकालाई अक्सिजन सहितको एम्बुलेन्स।

बेटर बाँकेले कोभिड बिरामिहरुको सहज उपचारमा सहायता पुरर्याउने उद्देश्यले कोहलपुर नगरपालिका लाइ अक्सिजन सहितको एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

बेटर बाकेका अध्यक्ष युबराज देबकोटाद्वारा नगर प्रमुख लुट बहादुर रावतलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन ।

नगर प्रमुख लुट बहादुर रावतले एम्बुलेन्स सहयोगले कोरोना महामारीको विपतमा ठुलो मानविय सहयोग भएको बताउँदै यूवाहरुलाइ सामाजिक कार्यमा लाग्न आग्रह समेत गरेका छन् ।

देशभर कोभिड महामारीको दोस्रो संक्रमणको लहर दिनानुदिन बढिरहरेको र बाँके जिल्ला अत्ति नै प्रभावित भई चपेटामा परिरहेको अवबस्थालाई मध्यनजर गर्दै बेटर बाँकेद्वारा अक्सिजन सहितको एम्बुलेन्स सेवा कोहलपुर नगरपालिकासंग सहकार्य गर्दै जिल्लाभर सेवा दिने उद्देश्यका साथ संचालनका लागि सहयोग गरिएको बेटर बाँकेका अध्यक्ष युबराज देबकोटाले बताएका छन्।

निःशूल्क एम्बुलेन्स सेवाका लागि अस्ट्रेलियामा अध्ययनरत अर्नुन रेग्मी र विकास अधिकारी लगागतका नेपाली यूवाको सहयोगले मानविय सेवा गर्न सकिएको बेटर बाँकेका ऋषि थापाले जनाए ।

सुरुवातमा उनहरुको समूहले आवश्यक सहयोगको लागि सहकार्य गरेका छन् । टेलि मिडिसिन, अक्सिजन लगायतका अन्य थप सेवाहरु पनि शिघ्र संचालनमा आउने थापाले बताएका छन् ।

बेटर बाँकेको एम्बुलेन्स आवश्यक परेमा कोहलपुर नगरपालिकका नगर स्वास्थ्य प्रमुख अनिलसेन ठकुरीको ९८५८०२०५२२,बेटर बाँकेका अध्यक्ष युवराज देवकोटा ९८६८०२०७८७, बेटर बाके सल्लाहकार तथा वरिष्ठ पत्रकार विष्णु प्रसाद बेल्वासे ९८५८०२१९३६ र एम्बुलेन्स चालक ९८५८०८३१५५ लाई सम्पर्क गर्न सकिने बताईएको छ । कोहलपुर टाइम्स बाट साभार।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button