“त्यो पर्दैन” भन्ने वाक्यमा राष्ट्रपति को “हांसोको साथ”

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओलीले राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

संविधानको धारा ७६ को (३) बमोजिम प्रतिनिधिसभामा ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक अंगका प्रमुखलगायत सहभागी थिए ।

सपथ ग्रहणका क्रममा प्रधानमन्त्री ओलीले देश र जनताका नाममा सपथ ग्रहणको प्रतिज्ञा गर्न समेत नपर्ने भन्दै मजाक उडाएका छन् । प्रधानमन्त्री ओलीले ‘म केपी शर्मा ओली, मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराइन् ।

तर, प्रधानमन्त्री ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश दोहो-याउन छुटाए । त्यसपछि राष्ट्रपति भण्डारीले पुनः वाक्य दोहो-याउँदा प्रधानमन्त्री ओलीले ‘यो पर्दैन’ भन्दै अगाडि बढाएका थिए । त्यसपछि राष्ट्रपति भण्डारी हाँस्दै बाँकी वाक्यां पढ्न थालिन् ।

यसै विषयलाई लिएर अहिले सोसल मिडियामा विभिन्न आलोचना हुन थालेको छ । साथै, प्रधानमन्त्री ओलीको ‘त्यो पर्दैन’ भन्ने वाक्य र त्यसपछि राष्ट्रपति हाँसेकी भिडियोलाई ट्रोल्सले भाइरल बनाइसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button