रुपन्देहीमा थप दुई अस्पतालमा कोरोना उपचार सरु।

रुपन्देहीमा थप दुई अस्पतालले कोरोना संक्रमितको उपचार गर्ने भएका छन् । बिरामी उपचार गराइरहेका ३ वटा अस्पताल भरिएपछि थप दुई अस्पतालले कोरोनाको उपचार सुरु गरेका हुन्।

 

रुपन्देहीको देवदहस्थित देवदह मेडिकल कलेज र बुटवलस्थित आम्दा अस्पतालले शुक्रवारबाट कोरोना संक्रमितको उपचार सुरु गरेको स्वास्थ्य मन्त्रालय लुम्बिनीप्रदेशका सचिव डा विकास देवकोटाले बताए ।

(सिद्धार्थ बाल तथा महिला अस्पताल) आम्दा अस्पतालले संक्रमित महिला र बालबालिकाका लागि एचडीयू स्तरको १० बेड सञ्चालनमा ल्याएको र देवदह मेडिकल कलेजले एचडीयू स्तरको ५ बेड र जनरल १० बेड गरी १५ बेडमा कोरोनाको उपचार सुरु गरेको उनले बताए । उनले दुवै अस्पतालमा ५० बेडसम्म सेवा दिनेगरी व्यवस्थपन गरिने जनाए ।

जिल्लामा लुम्बिनी प्रादेशिक अस्पताल, युनिभर्सल मेडिकल कलेज र भीम अस्पताल भैरहवामा कोरोना संक्रमितको उपचार हुँदै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button