गएको २४ घण्टामा चितवन मेडिकल कलेज (सिएमसी)मा मात्रै ११ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँच जना पुरुष र ६ जना महिला रहेको अस्पतालले जनाएको छ। अस्पतालमा भेन्टिलेटरमा रहेका ३४ जनासहित १८५ जना गम्भीर खालका बिरामी छन्।
मध्यम खालका संक्रमित ३३ जना गरी २१८ जनाको उचार भइरहेको अस्पतालका कोभिड सञ्चार संयोजक डा किशोर अधिकारीले जानकारी दिए।
सोही अवधिमा चितवन मेडिकल कलेजबाट १२ जना पुरुष र तीन जना महिला गरी जम्मा १५ जना संक्रमणमुक्त भएका छन्।