भारतमा आंधीबेहरीको कारण २००० विस्थापित नेपालमा पनि असर पर्ने।

भारतमा चक्रवातकाे असर देखिएकाे छ । अरब सागरमा बनेको चक्रवात (आँधीबेहरी)ले भारतका केही तटीय क्षेत्रमा विध्वंस मच्चाउन थालेको हाे ।
चक्रवातकाे गति तीव्र बन्दै गएको र सोमबारसम्म प्रतिघण्टा १६० किलोमिटर पुग्नसक्ने मौसमविदले बताएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार चक्रवात प्रभावित धेरै क्षेत्रमा अहिले तीव्र गतिमा आँधीसहित ठूलो वर्षा भइरहेको छ । शनिबार औसतमा १४५.५ मिलिमिटर वर्षा भएकाे बताइएकाे छ । चक्रवाती आँधीबेहरीका कारण धेरै प्रभावित क्षेत्रहरूमा मुसलधारे वर्षा भइरहेकाे छ ।
द हिंदू समाचारपत्रका अनुसार केरलाको एर्नाकुलम र कोझिकोड जिल्लामा आँधीबेहरीको प्रभावका कारण दुई व्यक्तिको मृत्यु पनि भएकाे छ । उही समयमा दुई हजार भन्दा बढी व्यक्तिहरू आफ्नो घर छोडेर राहत शिविरमा बस्न बाध्य छन् । यी व्यक्तिहरूका लागि राहत शिविरहरूको व्यवस्था गरिएको छ ।
केरल राज्यका मुख्यमन्त्री पिनाराई विजयनले चक्रवातका कारण विद्युत् र कृषि क्षेत्रमा ठूलो नोक्सान भएको बताएका छन् ।
चक्रवातकाे असर नेपालमा पनि पर्ने देखिएकाे छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार त्यसको प्रभाव नेपालमा पनि पर्ने देखिएको हाे । तर भारतमाजस्ताे विध्वंशकारी प्रभाव नभएर सामान्य प्रभाव नेपालमा देखिनेछ ।
- मंगलबार र बुधबार खासगरी देशको पश्चिमी भेगमा हल्कादेखि मध्यम वर्षाका साथै हावाहुरी चल्ने सम्भावना रहेकाे बताइएकाे छ ।