त्रिशूली अस्पतालमा अक्सिजनकाे हाहाकार : माओवादी नेता हिरानाथ खतिवडा द्वारा अक्सिजन हस्तान्तरण (भिडियो सहित)

बट्टार, २ जेठ: कोरोना सङ्क्रमणका बिरामीको चाप झेलिरहेको नुवाकोटको त्रिशुली अस्पताललाई सिलिण्डर अक्सिजन सहयोग भएको छ ।
कोरोना सङ्क्रमितले अक्सिजन अभावमा ज्यान गुमाउन नपरोस भनेर नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नुवाकोटले सहयोग सङ्कलन गरेर अस्पताललाई १० थान सिलिण्डर अक्सिजन हस्तान्तरण गरेको हो ।
पार्टिका जिल्ला अध्यक्ष तथा तथा बागमती प्रदेश सभा सदस्य हिरानाथ खतिवडाको पहलमा अखिल नेपाल महिला संगठन क्रान्तिकारी नुवाकोट र अखिल (क्रान्तिकारी) नुवाकोटको संयोजनमा त्रिशुलि अस्पतालका अध्यक्ष अर्जुन न्यौपाने र मेडिकल सुपरिटेन्डेन्ट दीपेन्द्र पाण्डेलाई आइतवार बिहान हस्तान्तरण गरिएको अध्यक्ष खतिवडाले जानकारी दिए ।
कोरोना महामारीको समयमा जो कोहीसँग भएको अक्सिजन सिलिण्डर अस्पताललाई सहयोग गरेर सङ्क्रमित बिरामीको उपचारमा सहयोग गर्न खतिवडाले आग्रह गरेका छन ।
सो अवसरमा माओवादी केन्द्र नुवाकोटकी नेत्री शुभद्रा न्यौपाने, अखिल क्रान्तिकारीका संयोजक बिनोद कोईराला, इन्चार्ज प्रभास सुबेदि लगायतको उपस्थिति रहेको थियो ।
तलको लिंङमा पुरा भिडियो हेर्नुहोस्।