विवाहको ५ दिनमा बेहुलाको निधन

५ दिन अगाडी विवाह भएका व्यक्तिको मुत्यु भएको छ । २६ वर्षीय दुलाहाको विवाह गरेको ५ दिनपछि कोरोना संक्रमणबाट मुत्यु भएको हो । घटना भारत ओडिसाको केन्द्रपाडा जिल्लाको हो । दुलाहाको मुत्यु भएपछि संक्रमण फैलिएको आंशकामा विवाहमा उपस्थित हुनेहरुको पनि कोरोना परिक्षण जाँच गरिरहेको छ ।

राजकनिका थाना क्षेत्रको दुर्गादेवीपाडा गाउँमा बस्ने सन्जय कुमार नायकको विवाह १० मे मा भएको थियो । नायक विवाहको लागि बेंगलुरुबाट आएका थिए । ज्वरो र अन्य लक्षण देखिएपछि एक निजि अस्पतालमा भर्ना भएका सन्जयको बेहुली सहित अन्य परिवारको नमुना लिइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button