बिश्वकप फुटबल छनोट: नेपाल इराक बिरुद्ध खेल्दै।

नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बुधबार विश्वकप छनोट र र इराकविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि २३ टिमको घोषणा गरेको छन् ।

टिममा उनले पछिल्लो पल्ट थ्री नेसन्सकप खेलेको टिममा पनि ठूलो परिवर्तन गरेका छन्। घोषित टिममा गोलरक्षकमा किरण लिम्बू, विशाल सुनार र दीप कार्की छन्।

यस्तै रक्षापंक्तिमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौत्तम श्रेष्ठ, सुमन अर्याल र विकास खवास छन्। मध्यपंक्तिमा विशाल राई, मनिष डांगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज ठकुरी, पुजन उपरकोटी र आयुष घलान छन्। अग्रपंक्तिमा भने अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ आशिष लामा छन्।

टिममा नपर्ने प्रमुख खेलाडीमा भरत खवास, रञ्जित धिमाल, अमित तामाङ, सेसेहाङ आङदम्बे, रवि पासवान, निशान खड्का, नितिन थापा र दर्शन गुरुङ छन्।

नेपालले मे २५ मा इराकविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ। त्यसपछि नेपालले विश्वकप छनोटमा अस्ट्रेलिया, जोर्डन र चिनियाँ ताइपेयी रहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button