परिवर्तित “नेपाली भेरियन्ट” फेला पर्यो: सबै उमेर समूह जोखिममा

देशका विभिन्न भागबाट गत हप्ता सङ्कलन गरिएका कोभिड १९ सङ्क्रमितहरूका ३५ वटा नमुनालाई विश्व स्वास्थ्य सङ्गठनको समन्वयमा भारतस्थित प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्दा ९७ प्रतिशतमा अर्थात् ३४ वटा नमुनामा नयाँ भेरिअन्ट बी.१.६१७.२ र तीन प्रतिशतमा बी.१.६१७.१ पुष्टि भएको मन्त्रालयले बताएको छ ।

”यससँगै हालसम्म नेपालमा यो परिवर्तित भाइरस सहित तीन किसिमका भेरिअन्ट रहेको पुष्टि भएको छ,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

”नयाँ भेरिअन्ट भेटिएको छ। यो कहाँ कहाँ भेटिएको थियो, कस्तो थियो, के के लक्षण दिनेछ, के के असर गर्छ यसलाई खोपले काम गर्छ गर्दैन यो अध्ययन हुनै बाँकी छ,” स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने।

”नयाँ जात हो। त्यस कारण अलि होसियार हुनुपर्‍यो नेपालीहरू,” उनले भने।

विश्व स्वास्थ्य सङ्गठनले २०२१ मे मा यो नयाँ भेरिअन्ट लाई विश्वव्यापी “भेरिअन्ट अफ कन्सर्न” भनी घोषणा समेत गरी सकेको मन्त्रालयले जनाएको छ।

”हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै सङ्क्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरूबाट पाइएको छ। त्यसैले सङ्क्रमण रोक्न हामी सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन भूमिका बढाउन सबैको जानकारीका लागि विनम्र अपिल गर्दछौँ,” मन्त्रालयले भनेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button