बारामा दाजुभाइको घाँटी रेटेर हत्या

बारा । बारामा एकै परिवारका दुई दाजुभाइको घाँटी रेटेर हत्या भएको छ । बाराको रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा उनीहरुको शव फेला परेको छ ।
९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव आज बिहान भेटिएको हो । प्रहरीका अनुसार उनीहरु दुवैजना सहोदर दाजुभाइ हुन् ।
प्रदेश –२ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार उनीहरु हिजो दिउँसोबाट हराएका थिए । साँझ उनीहरुको खोजीसमेत गरिएको थियो । उनका बुबा वैदेशिक रोजगारीका लागि कतारमा छन् ।
घटनास्थलमा शिल गरी प्रहरीले अनुसन्धान गरीरहेको डीआईजी सिंहले जानकारी दिनुभयाे । घटनाका सम्बन्धमा प्रहरीले केहीसमयपछि विस्तृत विवरण दिने बताइएको छ ।