भुकम्पले सात घर भत्किए, ३ घाइते।

बुधबार बिहान भूकम्पले बिउँझाइदिएको छ एकाबिहानै भूकम्प जाँदा भएका क्षतिका विवरणहरु आउन थालेका छन् । पछिल्लो अपडेट अनुसार लम्जुङमा सात वटा घर भ त्के का छन् । भूकम्पले घर भ त्किँ दा चोट लागेर तीनजना गाउँले घाइते भएका छन् ।

प्रहरीका अनुसार मर्‍स्याङ्दी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङ र ८३ वर्षीया खवकुमारी पाण्डे घाइते भएकी छिन् । अर्का एकजना घाइतेको नाम खुलेको छैन । लम्जुङका डिएसपी गंगाबहादुर थापाका अनुसार अहिलेसम्म सात वटा घर भ त्के का छन् ।

घाइतेको संख्या केही बढ्न सक्ने सम्भावना रहेको उनले बताए । उनका अनुसार भत्किएका सबै कच्ची घर हुन् । घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको उनले बताए । गाउँमा कच्ची घर भएकोले पनि भूकम्पले भ त्कि ए र स्थानीय घाइते हुन पुगेको उनले बताए ।

लम्जुङको भूलभूले, बाँझाखेत आसपासमा केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नीच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । त्यही भूकम्पमा परेर केन्द्रबीन्दु आसपासका केही घरमा क्षति पुगेको लम्जुङ प्रहरीले बताएको छ ।

भूकम्पको धक्का लम्जुङसहित आसपासका मनाङ, गोरखा, तनहुँ, कास्कीसम्म पुगेको भन्दै पोखराबाट सन्तोष पोखरेलले लेखेको समाचार हामीले तस्वीर सहित साभार गरेका हौं ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button