चर्चीत अभिनेता सुनिल थापाको आज जन्मदिन | कति बर्षको भए सुनिल थापा ?

आज चर्चीत अभिनेता सुनिल थापाको जन्मदिन परेको छ । सुनिल थापा २०१४ जेठ ६ गत्ते काठमाण्डौमा जनिमेका हुन् | नेपाली तिथि अनुसार उनको जन्मदिन जेठ छ गत्ते पर्ने भए पनि तारिख अनुसार उनको जन्म दिन १९ तारिख यानिकी एक दिन अघिनै पर्ने गर्दछ | तेसैले होला उनलाई जन्म दिनको सुभकामना दिनेको लर्को जेठ ५ गत्ते बिहानैदेखि लागेको छ । उनको उमेरको लेखा जोखा गर्ने हो भने थापा आज बाट ६३ बर्ष लागेका छन्
नेपाली चलचित्र क्षेत्रमा एक सफल भिलेनको रुपमा चर्चा कमाएका उनी राते काईला नामले प्रसिद्ध छन । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रबाट केही टाढा रहेका उनी नेपाली चलचित्र क्षेत्रमा निक्कै नै सफल अभिनेताको रुपमा रहेका छन । उनले अभिनय गरेको राते काईलाको भुमिका उनको जिवन्त अभिनयको उदाहरण हो । सन् १९५७ मे १९ मा काठमाण्डौमा जन्मिएका उनले नेपाली मात्रै नभई भारतिय र बिभिन्न भाषाका चलचित्रहरुमा पनी काम गरेका छन । बलिउड सहित तामिल भाषाका चलचित्रमा पनी काम गरेका उनी पछिल्लो समय सलमान खानको चलचित्र क्वाथामा देखिने चर्चा चलेको थियो । दर्जनौँ नेपाली चलचित्रहरुमा भिलेनको भुमिकामा काम गरेका उनी पछिल्लो समय भने प्रेम गीत ३ मार्फत नेपाली चलचित्र क्षेत्रमा पुनरागमन गर्ने तयारीमा थिए |