बदनाम गराउन ऋषि धमलाको चलखेल/ बन्द हुने भयो रिपोर्टस क्लब जेल जाने भए धमला Post author

रबि लामिछाने लेख्छ्न् , जनमैत्रीअस्पतालमाकुनै पनि बिपन्नले पैसा तिर्नु पर्दैन। जुन बिरामीको बिलको कुरा आयो, उहाँहरुको समाचार आए पछि हामीले तुरुन्तै खोजबिन गर्यौ। बिपन्नका लागि राखिएको एउटा अत्यन्त सामन्य फारम नभरी अनुहार हेरेर छुट्याउन निकै गाह्रो हुन्छ।
खै कुन पत्रकारले संचालन गर्ने न्युज पोर्ट्ल को न्युज आए लगत्तै अस्पताललाई त्यो बिपन्न परिवारको पैसा किन लिएको, तुरुन्तै फिर्ता गर्नुस् भनें, र अस्पतालले तुरुन्तै बोलाएर पैसा फिर्ता गर्यो। त्यस पछि पो थाहा भयो उहाहरु उपचार गराउन नसक्ने अवस्थाको बिपन्न परिवारको हुनुहुन्न रहेछ। बरु अरुलाई परे पनि सहयोग गर्दै आएको र अझै परे सहयोग गर्ने मनकारी हुनुहुदो रहेछ।
अस्पतालले फिर्ता दिएको पैसा लिए पछि यो पैसा अरु बिपन्न लाई दिनु होला भनेर मलाई मृतक राम चन्द्र श्रेष्ठ का आफन्त राजु श्रेष्ठले कल गर्नु भयो। म पनि दौडेर गएं। यति असल मानिस यो समाजमा कमै हुन्छन्। उल्टै आफन्तको सम्झनामा त्यो पैसा र अझै आवस्यक परे म छु भन्ने मान्छे प्रति नमन गर्दछु।
मृतक प्रति श्रद्धाञ्जली,परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।साथै यो वाचा गर्दछु, अस्पतालले बदमासी गरेको रहेछ भने सबै भन्दा पहिला म त्यस बिरुद्ध उभिने छु। पैसा तिर्न सक्नेले पनि यहाँ सरकारले तोके भन्दा पनि कम तिरे पुग्छ। अस्पतालहरुका अनुसार सामन्यतया कोभिडका बिरामीको उपचारमा ४० हजार देखि २ लाख सम्म लाग्दो रहेछ। बिरामीको कन्डिसन, रोगको अवस्था, बिरामीले कस्तो सेवा,कति दिन लिए त्यो नहेरी भन्न नसकिने रहेछ।जे होस् यो अस्पतालमा हाम्रो काम भनेको बिपन्न लाई सित्तैमा उपचार गराउने र आवश्यक अक्सिजनको जोहो गर्ने नै हो।
अब शिर्षक शिर्षकमा यो विषय लाई तोड्मोड गर्न लागि परेका साथीहरुलाई सुस्वास्थ्यको शुभकामना बाहेक मेरो भन्नु केही छैन। यो महामारीमा बन्द जस्तै भएको अस्पताल संचालन गरेर,ज्यान जोखिममा राखेर दिनरात काम गरेको राम्रो पुरस्कार पाउदैछु । धन्यवाद।
रवि लामिछाने।