आज नयाँ पार्टी “नेकपा एकीकृत” निर्वाचन आयोगमा दर्ता।

९ जेठ २०७८ काठमाडौं । नेकपा एमालेभित्र विवाद चर्किँदै गर्दा निर्वाचन आयोगमा नेकपा एकीकृत दल दर्ताका लागि निवेदन परेको छ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकट अनेरास्ववियुका पूर्वनेता जीवन राईको अध्यक्षतामा नयाँ दल दर्ता भएको हो । पार्टीको नाम नेकपा एकीकृत र चुनाव चिन्ह कलम माग गरिएको छ ।

वैशाख ७ गते दल दर्ताको निवेदन दिए पनि प्रमाणपत्र पाउन बाँकी रहेको छ । दलको उपाध्यक्षमा कल्पना गुरुङ, महासचिव विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेको विवरण पेश गरिएको छ ।

राईले अनेरास्ववियुको उपाध्यक्षमा पराजित भएदेखि पार्टीमा कुनै जिम्मेवारी नपाएकाले आफूहरुले अलग पार्टी दर्ता गराएको बताउनु भएको छ ।

एमालेको नेपाल पक्षका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीका कारण अर्को पार्टी खोल्ने बताइरहेका बेला नयाँ दल दर्ता भएको हो । नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी भइरहेका बताइरहेका बेला दर्ता गराएको नेकपा एकीकृत नै माधव नेपालको पार्टी बन्न सक्ने अनुमान छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button