शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल र झलनाथको हस्ताक्षर।

कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै झलनाथ खनाल र माधव नेपाल पक्षका २३  सांसदले हस्ताक्षर गरेका छन् । सिंहदरबारमा सोमबार भएको सांसदहरुको भेलामा २३ सांसदले हस्ताक्षर गरेका हुन् । पहिले दाबी पेस गर्दा २६ जनाको हस्ताक्षर रहेकोमा तीनजनाले रिटमा हस्ताक्षर गर्न अस्वीकार गरेपछि त्यो संख्या २३ मा झरेको हो।

हस्ताक्षर गर्ने सांसदहरुमा मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, निरादेवी जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, कलिला खातुन, पुष्पाकुमारी कर्ण कायस्थ, झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, दीपकप्रकाश भट्ट, नारायण खतिवडा र मेटमणि चौधरी रहेका छन् ।नेपाल-खनाल समूहका गोकर्ण विष्ट, पवित्रा निरौला खरेल र गणेश पहाडीले भने हस्ताक्षर गरेका छैनन् ।

यसअघि देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै राष्ट्रपतिलाई बुझाइएको हस्ताक्षरमा नेपाल पक्षका २६ सांसदले हस्ताक्षर गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button